देश

    कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले गरे सपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् ।

      आइतबार बसेको प्रतिनिधि सभामा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् ।
      त्यस्तै कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।

      त्यस क्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनु परेको बताएका छन् ।

      त्यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश पनि प्रस्तुत गरेका छन् ।

        कमेन्टहरु