देश

    अभिनेता दिलिप रायमाझीलाई पितृशोक

    नवलपुर टुडे
    २०८१ फाल्गुन १० | मध्यान्ह ०१:११ बजे

      काठमाडौँ । अभिनेता दिलिप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको गए राति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

      ७८ वर्षका उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए ।

      दिलिपका बुबाको पार्थिव शरीरलाई आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

        कमेन्टहरु