देश

    अमेरिकन पेस्तोलसहित कपिलवस्तुमा एक पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०५:०४ बजे

      कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले अमेरिकन पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका – ११ जहदीस्थित बाने ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वर प्रसाद यादवलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको हो ।

      पक्राउ परेका यादवलाई हातहतियार-खरखजना मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक वर्षअघि धरौटीमा छाडेको थियो । साउन १ गते साँझ पक्राउ गरेका यादबलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

      यादबलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा यादव चढेको युपी ५५ डब्लु ८३२४ भारतीय नम्बर प्लेटको २२० सिसी बजाज मोटरसाईकल समेत बरामद गरिको छ । प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

      बरामद पेस्तोल मेड इन युएस ७.६५ लेखिएको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले नवलपुर टुडेलाई बताए । उनलाई हिरासतमा लिइएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

        कमेन्टहरु