देश

    महन्थ ठाकुर पक्षका सांसद रेणुका गुरुङ उपेन्द्र यादव पक्षतिर

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौं । जनता समाजवादी पार्टीका थप एक सांसद उपेन्द्र यादव पक्षतिर लागेका छन् ।

      महन्थ ठाकुर पक्षमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी रेणुका गुरुङ यादव पक्षको बैठकमा सहभागी भएका हुन् । यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।

      गुरुङ बाहेक रुही नाज मिकरानी पनि उपेन्द्र पक्षमा आएको यादव पक्षका नेताहरुले बताएका छन् । यससँगै ३२ सदस्यीय संसदीय दलमा यादव पक्षमा १८ सांसद भएका छन् भने ठाकुर पक्षमा १४ रहेका छन् ।

        कमेन्टहरु