अपराध

    वीरगञ्जबाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ

    नवलपुर टुडे
    २०८१ फाल्गुन ८ | मध्यान्ह ०३:११ बजे

      पर्सा । वीरगञ्जबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत वंगाल जिल्ला नदिया थाना बधकुल्ला बजार कोलनी बस्ने बर्ष २८ का राज अधिकारी रहेको छ ।

      उनलाई बुधबार वीरगञ्ज महानगरपालिका- १६ शंकराचार्य गेटबाट पक्राउ गरिएको हो । उनको साथबाट प्लास्टिकमा बेरिएर राखेको ६ केजी ३०० ग्राम र बिना प्लास्टिकमा राखिएको २ केजी १०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरिएको सुचना अधिकारी सुवास भट्टले जानकारी दिएको छ ।

      photo 2025 02 20 15 50 52

      उनीमाथी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको भट्टले बताए ।

        कमेन्टहरु