देश

    एकै पटक चार हजार बढी प्रहरी जवानहरुको सरुवा

    नवलपुर टुडे
    २०८१ फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलो संख्यामा जवानहरुको सरुवा गरेको छ । मंगलबार एकैचोटी चार हजार ३८४ प्रहरी जवानहरुको सरुवा भएको हो । उनीहरुलाई आवश्यकता अनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

      प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरुलाई सरुवा गरिएको हो । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई हेडक्वार्टरले अनुरोध गरेको छ ।

       

        कमेन्टहरु