देश

    नारीको पुकार

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०१:०४ बजे

      अबत बाबाले छोरीलाई शास्त्र नसिकाउ।

      अस्त्र शस्त्रको शिक्षा देउ बनाउ शक्तिशाली ।

      आमाले पनि सस्कार र सस्कृति नसिकाउ।

      निडर बन्ने प्रेरणा देउ बनाउ हिम्मत वाली ।

      गाग्री ताउलोको सट्टा खुडा र बन्दुक देउ बाबा।

      अन्याय सहने होइन प्रतिकार गर्न सिकाउ आमा।

      छोरिको घर कति धनी छ भनी मख्ख नपर।

      बरु छोरी तिमी कति खुसी छौ भनी सोधी हेर नारिको स्तन चुसेर हुर्कियेका हे दानवहरु।

      त्यही स्तनकै लागि बलात्कार गर्छौ किन ? नारिलाइ बेस्याको दर्जा दिने यो समाज ।

      दुधे बालिका पनि छोड्दैनन आज किन ? अब विधयालयमा पनि छोरी मान्छेलाई नैतिक र सामाजिकको पाठ नपढाउ ।

      बरु सक्छौ भने सरकार नारी सुरक्षीत हुने।

      प्रशिक्षण केन्द्र खोली होनहार योद्धा बनाउ।

      अब सुन्न नपरोस् निर्मला र सबिताको कथा ।

      कुनै आमालाई पनि नपरोस यस्तो ब्यथा ।।

      जय नारी । जय नारी ।। जय नारी ।।।

      लेखक : माया खड्का ढकाल

        कमेन्टहरु