देश

    ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन ३ | मध्यान्ह ०१:०४ बजे

      काठमाडौं । भक्तपुरको जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

      सूर्यविनायक नगरपालिका जगातीमा बसोबास गर्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

      महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी जवानलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

      घटना सम्बन्धि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु