स्वास्थ्य

    श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा अध्ययनरत एक सय १ जना छात्रालाई एचपीभी लगाइयाे

    पार्बती थारु
    २०८१ फाल्गुन २ | मध्यान्ह ०६:११ बजे

      तिलोत्तमा । रुपन्देहीको तिलाेत्तमा ६ मा पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा (आज)शुक्रबार एचपीभी खाेप अभियान सन्चालन भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत पाठेघर क्यान्सर राेगबाट बच्नका लागि खाेप अभियान सन्चालन भएको हाे ।

      कार्यक्रममा विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत १ सय १ जना छात्रा विद्यार्थीहरुलाई खाेप लगाइएकाे छ । एचपीभीकाे संक्रमणबाट सुरक्षित हुन विद्यालयमै पाठेघरकाे मुखकाे क्यान्सर गराउने Human papilloma virus विरुद्धकाे एचपीभी खाेप लागाईएकाे हाे ।

      photo 2025 02 14 18 34 01

      खाेप अभियानमा आनन्दवन स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मी, वडा नं ६ का वडा सदस्यद्वय सीता खनाल र गिता गन्धर्व, विद्यालयका प्रध्यानाध्यापक दुर्गा नारायण श्रेष्ठ लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुकाे उपस्थित रहेकाे थियाे ।

      विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु सम्म इंग्लिस र नेपाली दुवै मिडियममा अध्यापन हुदै आएकाे छ ।

        कमेन्टहरु