समाचार

    बाराको एक सुधार केन्द्रमा युवकको मृत्यु : ६ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे

      काठमाडौं । बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति (फागुन १) मृत्यु भएको छ ।

      कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।

      महतोको शव शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान थालिएको एसपी तामाङले बताए ।

      मृत फेला परेका महतो कलैया–९, रामपुरका स्थानीय हुन् । उनको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

      घटना अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको परिचय प्रहरीले खुलाएको छैन ।

        कमेन्टहरु