अपराध

    काठमाडौं छिर्ने नाका नागढुङ्गाबाट सुनसहित दुई जना पक्राउ

    नवलपुर टुडे
    २०८१ फाल्गुन १ | मध्यान्ह ०१:११ बजे
    सांकेतिक तस्वीर

      काठमाडौं । काठमाडौं छिर्ने नाका नागढुङ्गाबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

      पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

      काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु