देश

    नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

    जगत ठाडा मगर
    २०७८ साउन ३ | बिहान ०८:०४ बजे

      काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

      च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो ।

      बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । सोही दिन संसदीय दलको बैठक पनि बसेको थियो ।

      पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन् ।

      शनिबार पनि दुवै पक्षका दोस्रो तहका नेताहरु छलफलमा बसेका थिए ।

        कमेन्टहरु