देश

    बाँकेमा आजदेखि भेरोसेल खोप लगाउने सुरु गर्दै

    जगत ठाडा मगर
    २०७८ साउन ३ | बिहान ०८:०४ बजे

      नेपालगंज । बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ। सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ।

      बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।

      स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ।

        कमेन्टहरु