खेलकुद

    बखान च्याम्पियनसिप : सूर्यपुर फाइनलमा प्रवेश

    नवलपुर टुडे
    २०८१ माघ ३० | बिहान ०६:१० बजे

      चितवन ।  सूर्यपुर एफसी तेस्रो बखान च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहरलाई पराजित गर्दै सूर्यपुरले फाइनलमा स्थान पक्का गरेको हो । 

      बखान मिनी रगंशालामा भएको खेलमा सूर्यपुरले अभिषेक चर्चलाई ३-१ ले पराजित गरेको हो । सूर्यपुरलाई जिताउन समिराज थोकरले २ तथा मोहित गुरुङले एक गोल गरे । अभिषेक चर्चका लागि एप्पीले एक गोल फर्काए । 

      दुई गोल गरेका समिराज प्लेयर अफ दि म्याच भए । सूर्यपुरले अब उपाधिका लागि पटिहानी एफसीको सामना गर्नेछ । पटिहानी पहिलो सेमिफाइनलमा शारदा युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

      प्रतियोगिताको फाइनल खेल फागुन १ गते दिउँसो २:३० बजे हुनेछ । वडा खेलकुद बिकास समिति भरतपुर १९ को आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

       

        कमेन्टहरु