दुर्घटना

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    दिप्शन गुरुङ
    २०८१ माघ २१ | मध्यान्ह १२:१० बजे

      प्रहरीका अनुसार, पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किएको थियो । जसमा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

      टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको थियो ।

      अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

        कमेन्टहरु