दुर्घटना

    बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    नवलपुर टुडे
    २०८१ माघ २० | मध्यान्ह ०७:१० बजे

      बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले लु९४प ८५९४ नम्बरको स्कुटरलाई बुटवलको चौराहामा ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको हो ।

      दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

      इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

       

        कमेन्टहरु