दुर्घटना

    ट्याक्टर दुर्घटनामा सहचालकको निधन

    दिप्शन गुरुङ
    २०८१ माघ २० | बिहान ११:१० बजे

      गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्याक्टर आज बिहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ । 

      मृत्यु हुनेमा लु३त ५११२ नंको ट्याक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

      दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

      दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु