देश

    श्रद्धाञ्जली कार्यक्रममा बिरुवा वितरण

    जगत ठाडा मगर
    २०७८ साउन २ | बिहान ०८:०४ बजे

      लहान । सिराहा जिल्लाको साविक चन्द्रायो ध्यापुर ५ हाल नरहा २ घर भएका तथा जिल्ला शिक्षा कार्यालय सिरहामा कार्यरत विनि रामलखन मण्डलको श्रीमती सीतादेवी मण्डलको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रदान्जली कार्यक्रममा आएका सम्पूर्णलाई बिरुवा वितरण गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

      गत अषाढ २१ गते विराटनगरमा निधन भएको सीतादेवी मण्डलको जातिय संस्कारअनुसार गरिएको शोक सभामा गोलबजार नगरपालिकाको मेयर लगायत जिल्लाका पत्रकार समाजसेवी तथा राजनैतिक कर्मीको उपस्थिती रहेको थियो । करिब दिउसो ३ बजेदेखि थालिएको कार्यक्रममा मृतक सीतादेवीको तस्बिर राखी सबैले समवेदना व्यक्त गरेका थिए ।

      उक्त कार्यक्रममा भोजमा सहभागी भएका सबैलाई विभिन्न जातका बिरुवा वितरण गरिएको थियो ।
      बिरुवाहरू अन्तर्गत मशाला इपिलिपी, बकाइनो, मलेसियन सखुवा लगायतको बिरुवाहरू वितरण गरिएको थियो ।

        कमेन्टहरु