समाचार

    गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

    नवलपुर टुडे
    २०८१ माघ १८ | मध्यान्ह ०४:१० बजे

      काठमाडौँ, माघ १८ । गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् ।

      शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए। 

      उनले भने, ‘माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै उहाँले आज काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएको हो।’

        कमेन्टहरु