देश

    आजको संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्दै

    नवलपुर टुडे
    २०८१ माघ १८ | बिहान ०९:१० बजे

      काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ । 

      संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

      प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् । 
       

       

       

        कमेन्टहरु