राजनीति

    सदनमा कसरी प्रस्तुत हुने रणनीति तय गर्दै माओवादी केन्द्र

    नवलपुर टुडे
    २०८१ माघ १७ | बिहान १०:१० बजे

      काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

      बैठक भोलिबाट सुरु हुने हिउँदे अधिवेशनमा केन्द्रित हुनेछ । संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सदनमा कसरी पस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बस्न लागेको हो । 

      अध्यादेश, विधेयक, सदनको प्रभावकारितालगायत विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ । 

      सरकारले संसद्को हिउँदे अधिवेशन भोलिबाट सुरु हुनेगरी बोलाएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक भोलि दिउँसो १ बजे बस्ने तय छ । 
       

       

       

        कमेन्टहरु