देश

    देउवालाई विश्वासको मत नदिन नेकपा एमालेले दियो सांसदलाई निर्देशन (विज्ञप्तिसहित)

    जगत ठाडा मगर
    २०७८ साउन १ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौं । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधि सभा सदस्यहरुलाई निर्णयको पालनाका गर्नको लागि निर्देशन दिने निर्णय गरेको छ।

      photo 2021 07 16 17 37 49

      आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बैठकले एमालेको विद्यमान समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गरेको छ ।

      तर, कार्यदललाई विघटन समेत गरेको छ । यो निर्णयसँगै नेकपा एमालेभित्र फुट निश्चितप्रायः भएको छ ।

      photo 2021 07 16 17 37 50

      photo 2021 07 16 17 37 52

        कमेन्टहरु