कर्णाली प्रदेश

    माओवादीलेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

    नवलपुर टुडे
    २०८१ माघ १३ | मध्यान्ह ०५:१० बजे

      सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको आज (आइतबार) को बैठक अवरुद्ध गरेको छ । वार्षिक १० हजार जनालाई रोजगारी दिने आफ्नो नेतृत्वको सरकारको कार्यक्रम अलपत्र पारिएको भन्दै माओवादी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

      बैठक सुरु भए लगत्तै माओवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका जनतालाई रोजगारी दिने गरी अघि सारिएको कार्यक्रम कार्यान्वयनमा सरकार जिम्मेवार नभएको भन्दै विरोध जनाएका थिए । लगत्तै अन्य माओवादी सांसदहरु पनि उठेका थिए । माओवादीको विरोधपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि संसद बैठक स्थगित गरेकी छन् ।

      बैठक सुचारु गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

        कमेन्टहरु