दुर्घटना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, चार घाइते

    दिप्शन गुरुङ
    २०८१ माघ १२ | मध्यान्ह ०१:१० बजे

      बैतडी । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । 

      प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । 

      दुर्घटनामा सिगास–१  इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । 

      उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक फरार छन् ।

        कमेन्टहरु