मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
पालिकाको नमुना भवनको शिलान्यास


बाजुरा, माघ ११ । जिल्ला पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको नमुना भवनको शिलान्यास गरिएको छ । हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी उपाध्यक्ष राजकला सार्कीले नमुना भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास संगै निर्माण गर्नेकाम पनि भैरहेको प्रधानमन्त्री रोजगार संयोजक विर्ख पाण्डेले बताएका छन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको क्षमता विकास तालिम ४० जना सहभागिताहरुलाई ५० दिने सीप बिकास तालिम दिदै गर्दा पालिकामा एउटा नमुना भवन तालिम सहभागीले बनाएर हस्तान्तरण गर्नका लागि आज दिउँसो भवनको शिलान्यास गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो ।
भुकम्प प्रतिरोध गर्न सक्ने नमुना ३ कोठा भएको भवन निर्माणकार्य गर्न थालनी गरेको छ । शिलान्यास गरिएको भवन तालिम सहभागिताहरुले ५० दिन भित्र निर्माणकार्य सम्पन्न गरि सोही नमुना भवन हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने भएको तालिम प्रशिक्षक रमेश शाहीले जनाएका छन् ।
हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा भेरी राप्ती प्राविधिक शिक्षालयको आयोजनामा सीप विकास तालिम सञ्चालन गरिएको छ । गाउँमा सीप सिकेर रोजगारी अवसर प्रदान हुनेभएको छ । तालिम प्राप्त गरेर गाउँ घरमा निर्माण हुन लागेका जुनसुकै बिकास निर्माणका काम सहज रूपमा बनाउन गर्न सकिने तालिम दिइरहेको भेरी राप्ती प्राविधिक शिक्षालयका प्रमुख पारश शाहीले बताएका छन ।





