अपराध

    उपचारका क्रममा चितवन अस्पतालबाट फरार थुनुवा पुनः पक्राउ

    नवलपुर टुडे
    २०८१ माघ १० | बिहान ०९:१० बजे

      चितवन, माघ १० । उपचारका क्रममा अस्पतालबाटै फरार भएका एक थुनुवालाई चितवन प्रहरीले पुनः पक्राउ गरेको छ । लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरी माघ ६ गते बकुलहर टाँडी अस्पतालबाट फरार भएका थिए ।

      इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका उनलाई माघ ३ गते एक्कासी ज्वरो आएर विरामी भएपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

      अस्पतालबाटै फरार भएका चौधरीलाई माघ ९ गते (बुधवार) कालिका–३ स्थित थाङखोला सामुदायिक वनमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

        कमेन्टहरु