अपराध

    रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु

    नवलपुर टुडे
    २०८१ माघ ९ | मध्यान्ह ०२:१० बजे

      बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो । बिहान अदालतले गोलापर्था गर्दा ५ नम्बर इजलासमा रविको मुद्दा परेको थियो । जिल्ला  अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले फाइल रुजु गरेपछि बल्ल बयान सुरु भएको जानकारी दिए ।

      उनले बयान साँझसम्म चल्ने बताए । रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारीले पीडित  दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन्।

      बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् । 

        कमेन्टहरु