अपराध

    रवि लामिछाने भैरहवामा, अदालतमा उपस्थित हुने तयारी

    नवलपुर टुडे
    २०८१ माघ ८ | मध्यान्ह ०५:१० बजे

      रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (मंगलबार) भैरहवा पुगेका छन् । जिल्ला अदालत, रुपन्देहीमा दायर सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन् । सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

      बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन् । बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा दुई करोड कर्जा गएको देखिएको र उनी गोर्खा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करिब १० करोड गएको आधारमा उनलाई प्रतिवादी बनाइएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

      लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । गोर्खा मिडियामा आबद्ध भएकै आधारमा सहकारी ठगीको मुद्दा दायर गरिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।

        कमेन्टहरु