देश

    राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

    नवलपुर टुडे
    २०८१ माघ ८ | मध्यान्ह ०१:१० बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते संसद् अधिवेशन आह्वान गरेका छन् ।

      राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

      राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

      विज्ञप्ति:

      begapti

        कमेन्टहरु