घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरामा रुखबाट खसेर एक महिलाकाे मृत्युु

    उमेश रोकाया
    २०८१ माघ ३ | मध्यान्ह ०३:१० बजे

      बाजुरा, माघ ०३ । जिल्लाकाे बुढीगंगा नगरपालिकामा बिहीबार रुखबाट खसेर एक महिलाकाे मृत्युु भएकाे छ। मृत्युु हुनेमा साेही नगरपालिका-३ बसालीकी ४३ वर्षीया बसन्ती उपाध्याय रहेकाे आफन्त तथा नेपाली काँग्रेस बुढीगंगा नगर कार्य समिति सभापति जयराज उपाध्यायले जानकारी दिएका छन् । 

      उनले दिएकाे जानकारी अनुसार बिहान भैसीका लागि घर नजिकै रहेकाे रुखमा डालेघाँस काट्न गएका बेला रुखकाे हाँगा भाचिएर खसेपछि मृत्युु भएकाे बताए । रुखबाट खसेर घाइते भएकी उपाध्यायकाे उपचारका लागि ब्रह्मताेला स्वास्थ्य चाैकी लिएपछि घटनास्थलमै मृत्यु भइसकेकाे थियाे ।

      घाँस काट्ने रुख नजिकै खानेपानीकाे धारा भएकाले टाउकाेमा गम्भीर चाेट लागेपछि मृत्यु भएकाे आफन्तले बताए । मृतक उपाध्याय चाैपाखे सामुदायिक सिकाइ केन्द्र ब्रह्मताेलामा कार्यरत थिईन् । मृतक उपाध्यायका दुई छाेरा छन् । 

        कमेन्टहरु