राजनीति

    माघे संक्रान्ति मनाउन प्रचण्ड पुगे सिन्धुपाल्चोकको सुकुटे

    नवलपुर टुडे
    २०८१ पुस २९ | मध्यान्ह ०७:०९ बजे

      काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माघे संक्रान्ति मनाउन सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

      दाहाल सोमबार दिउँसो परिवारका सदस्यसहित सुकुटे आएको सांसद माधव सापकोटाले जानकारी दिए। सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटाले दाहाललाई सुकुटेमा स्वागत गरेका थिए।

      यसअघि पनि तनाव छल्न वा चाडबाड मनाउन दाहाल भोटेकोशी किनारमा पुग्ने गरेका छन्। भोलि मंगलबार माघे संक्रान्ति पर्व मनाइदैछ।

      sukute 3sukute 2

        कमेन्टहरु