लुम्बिनी प्रदेश

    माघ २ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

    नवलपुर टुडे
    २०८१ पुस २९ | मध्यान्ह ०७:०९ बजे

      बुटवल  । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

      माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले बताए ।

      लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

        कमेन्टहरु