देश

    केपि शर्मा ओली बालुवाटारबाट बाहिरिए (तस्बिर)

    जगत ठाडा मगर
    २०७८ असार ३० | मध्यान्ह १२:०३ बजे

      काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सरकारी निवास बालुवाटारबाट बाहिरिनुभएको छ ।photo 2021 07 14 12 38 04photo 2021 07 14 12 37 59

      प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार नियुक्त हुनुभएको थियो । देउवा प्रधानमन्त्री भएसँगै ओली ४० महिनापछि बालुवाटारबाट बाहिरिनु भएको हो ।

      सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त हुनुभएको थियो ।

      photo 2021 07 14 12 38 09

      photo 2021 07 14 12 38 11
      ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।

        कमेन्टहरु