दुर्घटना

    कावासोतीमा जिप र टिपर ठोक्किँदा दुई जना घाइते

    नवलपुर टुडे
    २०८१ पुस २६ | बिहान ०५:०९ बजे

      कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ मा जिप र टिपर ठोक्किँदा दुई जना घाइते भएका छन् ।काठमाडौंबाट मुगुतर्फ जाँदै गरेको बा १ झ ९११६ नम्बरको जिप पूर्वपश्चिम राजमार्गमा टिपरसँग ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो।

      दुर्घटनामा जिपमा सवार जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की र चालक घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

        कमेन्टहरु