देश

    भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    दिप्शन गुरुङ
    २०८१ पुस २३ | मध्यान्ह ०१:०९ बजे
      सोलुखुम्बु । तिब्बतमा आज गएको भूकम्पका कारण थुलुङ दूधकोसी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुई घरमा क्षति पुगेको छ । थुलुङ दूधकोसी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

      खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुंगा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार, घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । 

      भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए । 

        कमेन्टहरु