अपराध

    सातदोबाटो अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ पुस २३ | बिहान ०९:०९ बजे

      ललितपुर । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे ।

      सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । 

      पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् । 

       

        कमेन्टहरु