देश

    काठमाडौँमा बिहानै शक्तिशाली भूकम्प धक्का

    नवलपुर टुडे
    २०८१ पुस २३ | बिहान ०७:०९ बजे

      काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पबारे थप जानकारी आउन केही समय लाग्ने जनाएको छ । भूकम्प गएपछि मान्छे घरबाहिर खुला ठाउँमा निस्किएका छन् । 

       

        कमेन्टहरु