राजनीति

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    नवलपुर टुडे
    २०८१ पुस २० | मध्यान्ह ०३:०९ बजे

      काठमाडौँ । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

      पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक दिउँसो २ बजे बस्ने तय थियो ।

      आजको बैठक अब भोलि बिहान ८ बजेदेखि बस्नेछ । यस्तै पार्टीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा बस्ने ढकालले जानकारी दिए ।

       

        कमेन्टहरु