कृषि, समाज

    सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

    नवलपुर टुडे
    २०८१ पुस १९ | मध्यान्ह ०२:०९ बजे

      “लामो समयदेखि तरकारी खेती गर्दै आएकी छु। व्यक्तिगत रूपमा खेती गर्नुभन्दा सामूहिक रूपमा भाडामा जग्गा लिएर खेती गर्दा बढी आम्दानी गर्न सकिने देखियो। त्यसैले अघिल्लो वर्षदेखि हामीले सामूहिक खेती गरेर बराबरी नाफा बाँड्ने गरेको छौं”, उनले भनिन्।

      उनी मात्रै होइन यहाँका २७ जना दलित महिलाले करिब दुई बिघा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। ‘सावोरी लघुउद्यमी महिला बचत समूह’ गठन गरी तरकारीखेती गरिरहेका समूहकी सचिव गङ्गा सदायले बताइन्।

      उनले भनिन्, “सामूहिक रूपमा काम गर्दा साथीसँग काम र रमाइलो गर्दै आम्दानी पनि लिन सजिलो हुन्छ। त्यसैले समूहमा आबद्ध २७ जनाले यो काम गरिरहेका छौँ।”

      अर्का कृषक नन्दीलाल सदायले सामूहिक खेतीबाट उत्पादित तरकारीले आफूहरूलाई आत्मनिर्भर बन्दै निकै सघाउ पुगेको बताए। यही समूह मार्फत तरकारीका साथै सामूहिक माछापालन पनि गरिएको छ।

      अघिल्लो वर्ष मात्रै माछा बिक्रीबाट डेढ लाख रूपैयाँ आम्दानी गरिएको र छ क्विन्टल आलु उत्पादन गरी ७५ हजार रूपैयाँ खुद नाफा भएको नन्दीलालले बताए। आलु, गोलभेँडा, काउली, झिङ्नी, बोडी लगायत तरकारी उत्पादन गर्ने गरिएको उनले बताए।

      यहाँका गरिब तथा विपन्न दलित समुदायलाई तरकारी खेतीतर्फ आकर्षित गर्न लहानस्थित दलित जनकल्याण युवा क्लबले सहयोग गर्दै छ। किसानलाई खेती सम्बन्धी तालिम, बीउबिजन, कृषिसामग्री, ‘मल्चिङ’ प्रविधि सहयोग गर्दै आएको क्लबका सामाजिक परिचालक सङ्गीता चौधरीले बताइन्। उनले नगरपालिकासँग समन्वय गरी तरकारी खेतीको प्रभावकारिता, समस्या, तथा आइपर्ने चुनौती समाधानका उपाय पहिचान गर्न संस्थाले सहयोग गरिरहेको बताइन्।

      वडा नं १२ का वडाध्यक्ष बद्री नारायण चौधरीले तरकारीखेतीले विपन्न दलित समुदायको जीवनस्तर नै बदलिएको र यसको दिगो व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

        कमेन्टहरु