मौसम

    आजको मौसम कस्तो रहला ?

    नवलपुर टुडे
    २०८१ पुस १८ | बिहान ०६:०९ बजे

      काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको  छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।

      आज दिउसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ । 

      बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

       

        कमेन्टहरु