घटना, विश्व

    भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

    दिप्शन गुरुङ
    २०८१ पुस १७ | मध्यान्ह ०२:०९ बजे

      नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

      घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका नाै तथा १६ वर्षका रहेका छन् ।

      प्रहरीका अनुसार मृतक बालबालिकाका दाजुलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण उनले हातखुट्टा काटेर हत्या गरेको आरोप छ ।

      परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा ‘चेक इन’ गरेको थियो ।

        कमेन्टहरु