देश

    चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

    दिप्शन गुरुङ
    २०८१ पुस १४ | मध्यान्ह ०५:०९ बजे

      चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।  

      भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार आज बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

      भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । 

        कमेन्टहरु