देश

    भुटानी राजपरिवारका सदस्यहरुको टोली काठमाडौंमा

    नवलपुर टुडे
    २०८१ पुस १२ | मध्यान्ह ०५:०९ बजे

      काठमाडौं, पुस १२ । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्यक्रम छ ।

      भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक काठमाडौं आएर फर्किएको तीन सातापछि उनका सासु–ससुराको टोली आएको हो ।

      निजी भ्रमणको सिलसिलामा भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक २१ मंसिरमा काठमाडौं आएका थिए । स्वयम्भू र बौद्धनाथमा पूजा गरेर उनी सोही दिन स्वदेश फर्किएका थिए ।

      उनी फर्किएपछि सासु-ससुरा र गृहमन्त्रीसहित १३ जनाको टोली विहीबार काठमाडौं आएको स्रोतले बतायो । 

       
       

        कमेन्टहरु