देश

    पश्चिम नवलपरासीको मिलानाे चप्पल कम्पनीकाे आगलागि नियन्त्रणमा

    जगत ठाडा मगर
    २०७८ असार २८ | मध्यान्ह ०९:०३ बजे

      सुरेश यादव
      नवलपरासी/पश्चिम नवलपरासीको एक चप्पल फ्क्ट्रीमा आगलागी भएको छ। आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वर्डा नं १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो।

      IMG 20210712 215335 109

      चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखेको ठाउँमा आगलागी भएको । कम्पनी सञ्चालकका अनुसार सवारी पार्किङ्गका लागि निर्माण भैरहेको स्थानमा ट्रष्ट वल्डीङ्कोे झिल्का नजिकै रहेको केमिकलमा परेपछि आगो फैलिएको थियो । समयमै दमकल र प्रहरीको टोली घटनास्थलमा पुग्दा ठूलो क्षेती हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय का डिएसपी राजु लामाले बताउनुभयो ।

      आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको २ वटा दमकल प्रयोग गरिएको थिया भने आगो नियन्त्रणकाे लागि नेपाल प्रहरी , शसस्त्र प्रहरी , कालिध्वज परासी र स्थानियहरुकाे प्रयास गरिएकाे थियाे डिएसपी लामाले जानकारी दिनुभयाे ।

      IMG 20210712 215337 107

      आगलागी साझ ७ बजे नियन्त्रणमा आएकाे हाे भने आगलागीले उद्योगमा लाखाैकाे क्षति भएको उद्याेगले जनाएकाे छ।

        कमेन्टहरु