कर्णाली प्रदेश

    जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८१ पुस ११ | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस ११ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

      भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

      यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।

       
       

        कमेन्टहरु