देश

    राष्ट्रिय घण्टा जलाएको आरोपित ग्यान्जेन दोर्जे पुर्पक्षका लागि कारागार चलान

    नवलपुर टुडे
    २०७७ भदौ २९ | मध्यान्ह ०७:०५ बजे

      काठमाडौ । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

      जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

      पक्राउ परेका मध्ये तीन जनालाई जनही १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

        कमेन्टहरु