अपराध

    रवि/छविसहित चार जनालाई अदालतमा उपस्थित गराइयो

    नवलपुर टुडे
    २०८१ पुस ९ | बिहान ११:०९ बजे

      पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

      उनीसहित छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराएको हो । कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ । अदालतमा हिजोदेखि बयान सुरू भएको छ । हिजोदेखि छविलाल जोशीको बयान चलिरहेको हो ।

      आजदेखि रविको पनि बयान सुरू हुने सम्भावना छ । न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।

        कमेन्टहरु