राजनीति

    माओवादी सांसद मोदीले मागे लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा

    नवलपुर टुडे
    २०८१ पुस ८ | मध्यान्ह ०३:०९ बजे
    फाइल तस्बिर

      काठमाडौं । नेकपा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । साेमबार सार्वजनिक लेखा समितिकाे बैठकमा बाेल्दै सांसद माेदीले स्ताे माग गरेका हुन् ।
        
      सांसद अमनलाल मोदीले सहकारी ठगीमा समिति सभापतिमाथि प्रश्न उठेको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

      ‘‘सहकारीको कुरामा तपाईंको परिवारसँग जोडिएको छ । तपाईं माथि प्रश्न उठेको छ,’’ उनले भने, ‘‘समितिकै सभापतिमाथि प्रश्न उठेपछि केही न के केही बोल्नुपर्छ, जवाफ दिनुपर्छ ।’’
       
      सार्वजनिक लेखा समिति चेक एण्ड ब्यालेन्समा चल्नुपर्ने उनको माग छ । ‘‘सरकारको छाया लेखा समिति त होइन ? भन्ने प्रश्न उठेको छ,’’ उनले थपे, ”तपाईंको परिवार, तपाईंमाथि प्रश्न उठेको छ ।मार्ग प्रशस्त गरेको नै राम्रो हो ।’’

        कमेन्टहरु