जनकपुरको जितमा कतारमा खुशियाली

रामएकवाल राम
२०८१ पुस ७ | बिहान ११:०९ बजे

दोहा । नेपाल प्रिमिएर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधी जनकपुर बोल्टसले उचालेपछि कतारमा रहेका नेपाली समर्थकहरुले केक काटेर खुशियाली मनाएका छन।
कतारमा स्थापित मधेश प्रदेशका विभिन्न संघ संस्था तथा जनकपुर बोल्टसका समर्थकहरुले एसियन टाउनस्थित वेलफेएर रेस्टुरेन्टको सभाहलमा शनिबार बेलुकी केक काटेर खुशियाली मनाएका हुन।
शनिबार सम्पन्न त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर पहिलो च्याम्पियन बनेको हो।
जनकपुरले १८५ रनको लक्ष्यमा ५ विकेटको क्षतिमा १९ ओभर २ बलमा भेट्टायो। जितसँगै जनकपुरले एनपिएल ट्रफी र नगद एक करोड १० लाख पुरस्कार राशी पनि हात पारेको छन।





