स्वास्थ्य

    सुस्तामा “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    नवलपुर टुडे
    २०८१ पुस ७ | बिहान ०८:०९ बजे

      नवलपरासी । नवलपरासीमा “सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत १ दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेड क्वाटर पश्चिम नवलपरासी, देवदह मेडिकल कलेज र लाईन्स क्लब अफ बुटवल शुभरम्भाको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

      शिविरमा देबदह मेडिकल कलेज र बर्दघाट डेन्टल क्लिनिकका बिशेषज्ञ चिकित्सकहरुद्वारा जनरल फिजिसियन, महिला तथा प्रसुति, छाला, हाड, नसा र दात सम्बन्धी सेवा दिएका थिए । सो शिबिरमा पुरुष र महिला गरी ४२२ जना स्थानीय बासिन्दाहरुलाई निशुल्क स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिएको थियो ।

      photo 2024 12 22 08 22 51

      कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेड्क्वाटर पश्चिम नवलपरासीबाट आवश्यक व्यवस्थापन, सुरक्षा, समन्वय र सहजीकरणको लागी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको थियो ।

      सुस्ता गाउँपालिका- ५ दीपक माध्यामिक विद्यालयको प्राङ्गणमा भएको शिबिरमा जिल्ला समन्वय समिति नवलपरासी(ब.सु.प.) का प्रमुख भगौती यादवको प्रमुख आतिथ्यता रहेका थियो । शिविर कार्यक्रममा सुस्ता गाँउपालिकाका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको सहभागीता रहेका थियो।

      photo 2024 12 22 08 25 56

        कमेन्टहरु